पेट्रोल पम्पमा शक्तिशाली बिस्फोट, स्कुले विद्यार्थीसहित १० जनाको मृत्यु
आयरल्यान्डको उत्तरपश्चिममा रहेको एउटा पेट्रोल स्टेसनमा भएको विस्फोटमा एक स्कूले छात्रासहित १० जनाको मृत्यु भएको छ ।
काउन्टी डोनेगल गाउँ क्रिस्लोमा सो विस्फोट भएको आयरल्यान्डको प्रहरी गार्डा सियोचनाले एक पत्रकार सम्मेलनमा जानकारी दिए । ‘विष्फोटमा किशोर किशोरीसहित १० जनाको मृत्यु भएको छ ’, प्रहरीले भनेको छ, ‘पीडित सबै स्थानीय रहेको देखिन्छ । ’
विस्फोटबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू