भोलिदेखि कानुन मन्त्रीको कुर्सी खालि

भोलिदेखि कानुन मन्त्रीको कुर्सी खालि

कानुनमन्त्री गोविन्द शर्मा कोइराला ‘बन्दी’ भोलिदेखि पदमुक्त हुन लाग्नुभएको छ । उहाँ गैर सांसदको हैसियतमा छ महिनाअघि मन्त्री नियुक्त हुनुभएको थियो । संविधानमा गैरसांसद छ महिनाको निम्ति मात्रै मन्त्रीको जिम्मेवारीमा रहने व्यवस्था छ ।

वरिष्ठ अधिवक्ता शर्मालाई सत्तारुढ गठबन्धनको तर्फबाट गत चैत २४ गते कानुनमन्त्रीमा नियुक्त गरिएको थियो । मन्त्री बन्दीको मुख्य कार्यभार यसबीचमा तर्जुमा हुन नसकेका धेरै वटा ऐन निर्माण गर्नुपर्ने थियो । त्यसमध्ये सत्यनिरुपण तथा मेलमिलाप र नागरिकता विधेयक मुख्य हुन् ।

टिप्पणीहरू