मान्छे मारेर भागेको अभियोग लागेका महतो एमालेबाट उम्मेदवार

मान्छे मारेर भागेको अभियोग लागेका महतो एमालेबाट उम्मेदवार

नेकपा एमालेले हत्या अभियोगमा फरार सूचीमा रहेका लक्ष्मी महतोलाई प्रतिनिधिसभाको टिकट दिएको छ । आज जसपा परित्याग गरी एमाले प्रवेश गरेलगत्तै हाताहाती टिकट पाएका उनले महोत्तरी -१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी मनोनयन दर्ता गराए ।

महतोले आफ्ना प्रतिनिधि तथा कार्यकर्ता मिथिलेश साहमार्फत निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । मधेस आन्दोलनमा नेपाल प्रहरीका असई थमन विकलाई हत्या गर्ने मुख्य योजनाकारको रूपमा वारेन्ट जारी भएका महतो फरार अभियुक्त हुन् ।

यदी निर्वाचन आयोगबाट सफाइ पाए उनले सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघिको निर्वाचनमा संघीय समाजवादी फोरमबाट पोखरेलसँग प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए ।

टिप्पणीहरू