गगन थापा र राजन भट्टराईको पनि उम्मेदवारी खारेजी माग

गगन थापा र राजन भट्टराईको पनि उम्मेदवारी खारेजी माग

नेपालका लागि नेपाली पार्टीका प्रतिनिधिले काठमाडौं ४ का नेपाली काँग्रेस,एमाले र राप्रपा उम्मेदवारहरुको उम्मेदवारी मनोनयन खारेजीको माग गरेका छन् । क्षेत्र नम्बर ४ निर्वाचन अधिकृतको कार्यालयमा उक्त पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार दीपककुमार पोखरेलले काँग्रेसका गगन थापा,एमालेका राजन भट्टराई र राप्रपाका उम्मेदवारले नियम विपरित मनोनयन गरेको दाबी गरेका छन् ।

यस्तै उजुरी सोही पार्टीका प्रतिनिधिले काठमाडौं १ मा पनि हालेका छन् । दुवै ठाउँमा निर्वाचन आयोगले तोकेबमोजिमको कानुनी प्रक्रिया पूरा नगरिएको, अनुसूची ७ बमोजिम दर्ता फाराम भरेर उम्मेदवारी पेश गर्नुपर्नेमा तीनै जनाले आफ्नो दलको लेटर प्याडमा लेखिएको विवरणको आधारमा मनोनयन दाखिला गरेकाले खारेज गर्नुपर्ने उक्त पार्टीको माग छ ।

टिप्पणीहरू