टिकट नपाएको झोंकमा एमाले नेताहरुद्वारा पार्टी परित्याग
नेकपा एमालेका मधेश प्रदेश सदस्य एकबहादुर श्रेष्ठसहित अन्य दुई जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टी सदस्य यमबहादुर खड्का (नारायण) र गोपाल लम्सालले पनि एमाले छाडेका छन् ।
उनीहरुले पार्टी कार्यकर्ता र आम मतदाताको भावनाविपरित टिकट वितरण गरिएको आरोप लगाएका छन् । पार्टीमा योगदानको मूल्याङ्कन नगरी अन्यायपूर्ण निर्णय गरिएको उनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘पार्टी कार्यकर्ताको काम र योगदानको मूल्याङ्कन नगरी जनताको भावनाविपरित भएको यो निर्णय अन्यायपूर्ण मात्र होइन संदिग्ध पनि छ भन्ने हामीलाई लागेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले टिकट नदिएपछि प्रदेश कमिटी सदस्यसमेत रहेका श्रेष्ठले बारा–१ ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । साथै, स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेपछि पार्टीको जिम्मेवारीमा बसिरहन उपयुक्त नहुने उनको धारणा छ ।
टिप्पणीहरू