बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तीन महिनापछि समातिएका छन् । टोखा नगरपालिका-११ बस्ने ३४ वर्षीय रोशन भण्डारी बैंकिङ कसूर मुद्दामा पक्राउ परेका हुन् ।
भण्डारीविरुद्द उच्च अदालत पाटनको गत असार १३ गते बैंकिङ कसूर मुद्दामा ४ दिन कैद, ५ लाख ५० हजार रूपैयाँ जरिवाना र २२ हजार रूपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।
उक्त फैसलासँगै फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनकै कोठाबाट आज समातेको हो ।
उनलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयनका निम्ति जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू