आरजूको स्वकीय सचिवविरुद्ध उठ्ने भण्डारीले ‘केरा’ पाए
प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजू राणा देउवाका स्वकीय सचिव प्रकाश देउवाविरुद्ध प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका क्षितिज भण्डारीले ‘केरा’ चुनाव चिन्ह पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहका बाबजुद मनोनयन फिर्ता नलिएका भण्डारीलाई निर्वाचन कार्यालयले आज केरा चिन्ह दिएको हो ।
कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभामा (ख) मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार प्रकाश देउवाले उम्मेदवारी दिएका छन् ।
कैलाली-५ को प्रतिनिधिसभातर्फ कांग्रेसबाट कारबाहीमा परेका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा पनि स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा छन् । उनले ‘माछा’ चुनाव चिन्ह पाएका छन् । त्यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्थ उम्मेदवार छन् ।
टिप्पणीहरू