मनाङ्गमा दिपक मनाङ्गेबाहेक अरु बस्दैनन् ?

मनाङ्गमा दिपक मनाङ्गेबाहेक अरु बस्दैनन् ?

कुनै बेला गुण्डा नाइकेको उपमा पाएका राजिव गुरुङ उर्फ दिपक मनाङे बाहेक मनाङ (ख) मा किन कसैले उम्मेदवारी नै दिन सकेनन् ? के त्यो क्षेत्रमा काँङ्ग्रेस,एमाले ,माओवादी,राप्रपाका मान्छे नै नभएर हो ? स्वतन्त्रबाटै उम्मेदवारी दिएका अर्का दोर्जे लामाले किन आफ्नो उम्मेदवारीलाई दुई दिन पनि टिकाउन सकेनन् ?

प्राप्त सूचनाअनुसार मुख मीठा पार्ने आश्वसनले दोर्जेपछि हटेको भन्ने छ । ०७४ मा एमालेले टिकट दिएर पनि खोसिएका मनाङे एमालेकै समर्थनले प्रदेश सांसद र गण्डकी प्रदेश सरकारमा खेलकुद मन्त्री बनाइए । उनैले पृथ्वीसुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढाल्न प्रमुख भूमिका खेले । सरकार ढलेपछि एउटा गुण्डालाई मान्छे बनाउन नसकेको पृथ्वीसुब्बा गुरुङको आरोप थियोे । तर फेरि उनै मनाङेलाई एमालेले समर्थन गरी निर्विरोध बनाएको छ ।

“मनाङे डेंगुले थलिएपछि हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पुगेका छन् ।”

मन्त्रीको झण्डावाला गाडीमा मनोनयन दर्ताको अघिल्लो दिन मनाङ पुगेका मनाङेलाई आश्वस्त पार्दै एमाले मनाङका सचिव राजनबहादुर गुरुङले दोर्जेलाई जसरी पनि फिर्ता गर्न लगाउने बताएका थिए । राजन आफै मनाङ (क) का उम्मेदवार हुन् । ०७४ मा काङ्ग्रेसका कर्म गुरुङलाई हराएका गुरुङका विरुद्ध काङ्ग्रेसले पनि उम्मेदवारी दिन आँट गरेन । यसो त मनाङे डेंगुले थलिएपछि हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पुगेका छन् ।

-अञ्जनकुमार 

टिप्पणीहरू