घाँटी रेट्नुअघि दुई महिलाको स्तन र यौनाङ्ग काटेर फालेको पुष्टि
भारतको दक्षिणी राज्य केरलामा हालै दुई महिलालाई बलि दिइएको घटनाको भित्री तथ्य सार्वजनिक भइरहेको छ । प्रहरीले मानव बलि जस्तो जघन्य अपराधको अनुसन्धान गर्ने क्रममा अचम्मको रहस्य र यथार्थ फेला परेको जानकारी दिएको छ ।
केरला प्रहरीका अनुसार बलि दिन ठिक्क पारिएका दुई महिलालाई सबैभन्दा पहिले दुई पुरुष र एक महिलाले हात खुट्टा बाँधेका थिए । त्यसपछि ती महिलाको स्तन र यौनाङ्ग काटेर फालियो । ज्युँदै स्तन र यौनाङ्ग काटेपछि मात्रै तिनको घाँटी रेटिएको थियो । महिलाको घाँटी रेटेपछि मृत शरीरलाई ५६ टुक्रामा भाग लगाएर घरभित्रै गाडिएको प्रहरीको अनुमान छ ।
मावन बलि दिइसकेपछि उनीहरुले मृत शरीरको केही टुक्रा खाएको हुनसक्ने आकलन गरिएको छ । तर, उक्त पक्षको अहिलेसम्म पुष्टि भएको छैन । प्रहरीले मेडिकल परीक्षणबाट पनि मासु खाइएको हो वा होइन भन्नेबारे अनुसन्धान थालेको छ ।
बलि दिइएका दुई महिलामध्ये एउटीलाई १५ हजार भारुको लोभमा यौनकार्यको निम्ति उक्त घरमा ल्याइएको थियो । अर्की महिलालाई अश्लिल चलचित्रमा अभिनय गरेवापत १० लाख रुपैयाँ दिइने प्रलोभनमा ल्याइएको अपराधीहरुले स्वीकारेका छन् ।
टिप्पणीहरू