एल साल्भाडोरमा जुलियाको प्रकोप, कम्तिमा १० को मृत्यु

एल साल्भाडोरमा जुलियाको प्रकोप, कम्तिमा १० को मृत्यु

सोमबारदेखि कमजोर पर्दै गएको जुलिया आंधीबाट मध्य अमेरिका र दक्षिणी मेक्सिकोमा परेको भारी वर्षाको कारण एल साल्भाडोर र ग्वाटेमालाका नागरिक सबैभन्दा बढी पीडित भएको एल साल्भाडोरका स्थानिय अधिकारीले जनाएका छन्।

एल साल्भाडोरमा ५ जना सैनिकसहित १० जनाको मृत्यु भएको र १ हजार भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

ग्वाटेमालामा आइतवार र सोमबारको बीचमा आठ जनाको मृत्यु र सात जना घाइते भएका जनाइएको छ।

फोटो श्रोत: रोयटर्स / भिडियो श्रोत: रप्त्लि न्युज

टिप्पणीहरू