खुकुरी हान्ने आठै जनालाई अदालत पुर्याइयो

खुकुरी हान्ने आठै जनालाई अदालत पुर्याइयो

राजधानीमा खुकुरी प्रहार गरेर भागेका आठ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । दरबारमार्गस्थित क्लब प्लाटिनमा बाउन्सरको रूपमा कार्यरत निकेत राई र तेन्जुङ् शेर्पालाई खुकुरी प्रहारपछि फरार उनीहरुलाई प्रहरीले समातेको हो ।

उक्त घटनामा संलग्न आठै जना पक्राउ परेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ठमेलको गल्कोपाखा नजिकै खुकुरी प्रहार गरेर उनीहरु फरार भएका थिए ।

प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा जीवन तामाङ, दोर्जे शेर्पा, विनोद तामाङ, विकास श्रेष्ठ, राजेन्द्र खत्री, प्रदिप तामाङ, दिपेन लामा र करण डंगोललाई नियन्त्रणमा लिएको छ । उनीहरुले पीडित राई र शर्पाको ‘ज्यान लिने नियतले’ योजनाबद्ध तवरले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाको साथबाट प्रहरीले तीन वटा खुकुरी, दुई वटा मोटरसाइकल पनि बरामद गरेको छ । घटनास्थलमा च्यातिएका रक्तामे कपडाहरु फेला परेका थिए ।

उनीहरुमाथि ‘ज्यान मार्ने उद्योग गर्न नहुने’ मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद थप अनुमति लिइएको छ । अहिले प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू