बेलायतका नेपालीवीच झनझनै बबाल,वेवसाइटै अन्तबाट ह्याक
एनआरएनए युकेको झण्डै ४० हजार पाउण्ड यताउतामा संलग्न ६ जनाको समूहले उल्टो संस्था नै कब्जा गर्न लागेको आरोप छ ।
बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको नन रेसिडेन्ट नेपलिज एसोसिएसन युके (एनआरएनए युके-११९६०१३) ट्रष्टी प्रमुख अध्यक्ष प्रेम गाहामगरलाई च्यारिटी कमिसनको प्रमुखबाट हटाइएको छ । संगै महासचिव नम्रता घलेलाई पनि फालिएको छ ।
एनआरएनए युके उपाध्यक्ष सुनिलबाबु खड्काको नेतृत्वमा उपाध्यक्षहरु नारायणदत्त कंडेल, गोविन्द खरेल,खुशी लिम्बु,विष्णु खरेल र सदस्य सुरेश परियार एकातिर छन् ।
खड्का आफै ट्रष्टीको चेयर भएका छन् । च्यारिटी प्रमुखको युजर नेम र पासवर्ड भने नर्दर्न आयरल्याण्ड बस्ने एक पदाधिकारीले ह्याक गरेको आइपी अड्रेसबाट पत्ता लागेको स्रोतले बतायो ।
‘संस्थाको अध्यक्ष ट्रष्टी प्रमुख हुने विधानतः छ । तर अनेक आरोप लगाएर मलाई जिम्मेवारीबाट हटाइएको छ । यो केस अदालतमा गएर मात्र टुंगिन्छ’,एनआरएनए युकेका निलम्बित अध्यक्ष प्रेम गाहामगरले भने ।
अबको लडाईं माथिका ६ जना भर्सेज बेलायतको दुई लाख नेपाली समुदाय हुने गाहामगरले चेतावनी दिए । गाहामगरले यस परिस्थितिमा संस्था बचाउन र यसको साख कायम राख्न साथ सहयोगका लागि बेलायतको नेपाली समुदायसंग अपिल गरेका छन् ।
नेतृत्व लिएको ११ महिनासम्म कोषाध्यक्ष विष्णु खरेलले एनआरएनए युके अध्यक्ष गाहामगरलाई संस्थाको बैंक एक्सेस दिएनन् । यतिसम्म कि बैंक सिग्नेचरीमा अध्यक्षको हस्ताक्षर समेत छैन ।
सुनिलबाबुकै संयोजनमा १८ अक्टोबरका दिन संघको विशेष साधारणसभा बोलाइएको छ ।
एनआरएन युके झण्डै झण्डै जनजाति भर्सेज बाहुन,क्षेत्रीमा बिभक्त भएजस्तो देखिएको बताइन्छ ।

टिप्पणीहरू