आज पनि महानगरले डोजर चलायो

आज पनि महानगरले डोजर चलायो

काठमाडौं महानगरपालिकाले आज पनि गैरकानुनी रुपमा निर्माण गरिएका संरचना भत्काएको छ । थापाथलीस्थित बागमती करिडोरको पार्वती मार्गमा ॐ शान्ति भवन भत्काइएको छ ।

प्रहरी उपरीक्षक राजनाथ पाण्डेको नेतृत्वमा झण्डै दुई दर्जन नगर प्रहरी , पत्रकार र स्थानीयको उपस्थितिमा उक्त भवन भत्काइएको महानगरले जनाएको छ । भवन भत्काउन डोजर दिउँसो १ बजे सो क्षेत्रमा लगिएको थियो ।

दशैं अघि निकै आक्रामक ढंगले गैरकानुनी भवन भत्काउन अग्रसर भएको महानगरपालिका अब फेरि अघि बढेको बताइन्छ ।

टिप्पणीहरू