रासस बहिर बबाल, कर्मचारीहरुको धर्ना जारी
राष्ट्रिय समाचार समिति परिसरमा कर्मचारीले धर्ना दिएका छन् । भद्रकाली प्लाजास्थित समितिको परिसरमा अहिले २ बजेदेखि अस्थायी,करार र ज्यालादारी पत्रकार तथा कर्मचारीले धर्ना दिएका हुन् ।
रासस अस्थायी,करार, ज्यालादारी पत्रकार तथा कर्मचारी संघर्ष समितिले समितिका संयोजक रमेश गिरीको नेतृत्वमा धर्ना दिएको बताएको छ । श्रमजीवी पत्रकारलाई निस्कासन गर्न लागिएको भन्दै उनीहरुले विरोधमा आन्दोलन गरेका हुन् । धर्नामा प्रतिबद्धता जनाउन ठूला राजनीतिक दलनिकट प्रेस संगठनहरुको उपस्थिति रहेको छ ।
कार्यक्रममा श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी,नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी,प्रेस चौतारीका महासचिव हिरामान लामा,प्रेस सेन्टरका उपाध्यक्ष बिदुर खड्का,समाजवादी प्रेस संगठन प्रतिष्ठान अध्यक्ष वीरेन्द्र ओली,चौतारी प्रतिष्ठान इञ्चार्ज मोहन बास्तोलालगायत तीन दर्जन बढीको सहभागिता रहेको बताइएको छ ।
टिप्पणीहरू