गोठालो र मेलापात जानेमाथि अरिंगाल खनियो
पछिल्लो केही समयदेखि ग्रामीण भेगमा गोठालो र मेलापात जानेमाथि अरिंगाल खनिएको घटना लगातार आइरहेको छ । आज अर्घाखाँचीको शितगंगामा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।
गाई चराउन गएकी शितगंगा नगरपालिका–३, ठाडा पदमीकी २१ वर्षीया रोमा सारुको अरिङगालले टोकेर मृत्यु भएको हो । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।
टिप्पणीहरू