प्रकाशको उम्मेदवारी निष्क्रिय, विष्णुभक्तलाई समर्थन
नेकपा माओवादी केन्द्रले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६ प्रदेश सभा (ख) का उम्मेदवार प्रकाश फुँयालको उम्मेदवारी निष्क्रिबनाउने निर्णय गरेको छ ।
गठबन्धनको भावना र मर्मलाई बलियो बनाउन आवश्यक देखिएको उल्लेख गर्दै माओवादीले फुँयालको उम्मेदवारी निष्क्रिय पारी गठबन्धनतर्फबाट उम्मेदवार रहेका विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्ने बताएको हो ।पार्टीका मुख्यसचिव श्रीराम ढकालले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला गठबन्धनको भावना र मर्मलाई बलियो बनाउनुपर्ने आवश्यक भएकाले हाम्रो पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवार कमरेड प्रकाश फुँयालको उम्मेदवारी निष्क्रिय गरी गठबन्धनका अर्का उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्ने भन्ने हाम्रो पार्टीको निर्णय भएकाले सोहीअनुसार कार्यान्वयन गर्नु गराउनुहुन निर्देशन गरिन्छ ।’
टिप्पणीहरू