सुँगुरले काखे बालकको हात र गोडाका औंला छियाछिया बनायो, अभिभावकद्वारा सहयोगको अपिल

संखुवासभाको मकालु गाउँपालिका ३ निवासी पशुपति राईको १५ महिनाको छोरालाई सुंँगुरले टोकेपछि गम्भीर घाइते भएका छन् । हिजो दिउँसो खेलिरहेको बालकलाई सुँगुरकले टोकेको हो ।

सुँगुसरले बालकको हात र खुट्टाका औंला टोकेको छ । शरीरका धेरै ठाउँमा चोट पटक लागेको बताइन्छ । घाइते बालकलाई उपचारको निम्ति धरानस्थित घोपा क्याम्प पुर्याइएको छ । तर त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारको निम्ति काठमाडौ ल्याउनुपर्ने भएपछि परिवारले सहयोगको याचना गरेका छन् ।

परिवारले बालको उपचारमा सहयोग पुर्याउन इच्छुकहरुलाई बैंक खाता समेत उपलब्ध गराएका छन् । अमेश राई र नीरमाया राईको नाममा बैंक अफ काठमाण्डूमा खोलिएको खाता नम्बर १८४२०००२००३९५२४ हो । उक्त खाता बैंकको खाँदबारी शाखामा खोलिएको हो । आवश्यक जानकारीको लागि सम्पर्क नम्बर ९८६२११५८१७ पनि दिइएको छ ।

टिप्पणीहरू