भूकम्प प्रभावित क्षेत्रमा एक ट्रक सरकारी राहत

भूकम्प प्रभावित क्षेत्रमा एक ट्रक सरकारी राहत

सरकारले डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत सामाग्री पठाएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले भूकम्प प्रभावित क्षेत्रमा प्रदेश गोदाम घर धनगढीबाट एक ट्रक राहत सामाग्री पठाइएको बताएका छन् ।

गए राति २ः१२ बजे खप्तड केन्द्र बिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही क्रममा पूर्वीचौकी गाउँपालिका ३ मा छ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।मन्त्रालयका अनुसार पूर्वीचौकीका १० घरमा भूकम्पले पूर्ण रुपमा क्षति पुर्याएको छ । अछाम, बाजुरा र कैलालीका केही घरमा पनि क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता पोखरेलले भूकम्पबाट भएको जनधनको क्षतिको विवरण संकलन स्थानीय तहको समन्वयमा जिल्ला प्रशासन कार्यालयहरुले गरेको बताए । सरकारले भूकम्प पीडितलाई थप राहत प्रदान गर्ने तयारी गरिरहेको उनको भनाइ छ ।

टिप्पणीहरू