मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, बाबुछोरा सिकिस्त

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, बाबुछोरा सिकिस्त

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कटारी नगरपालिका–४, ककुर खोलास्थित सडकमा आज बिहान स.८ प २९७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा सोही नगरपालिका–५, का २३ वर्षीया प्रमिला परियारको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक परियारका श्रीमान प्रेमबहादुर परियार र छोरा हिमाल परियार घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल कटारीमा उपचार भइरहेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी प्रमिलाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

टिप्पणीहरू