दुई महिनाअघि जापान पुगेका नेपाली युवकको शंकास्पद मृत्यु

दुई महिनाअघि जापान पुगेका नेपाली युवकको शंकास्पद मृत्यु

अध्ययनका लागि जापान पुगेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

जापानको रयोगÞोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययन गर्दै आएका युवकको निधन भएको बताइएको छ । दुई महिनाअघि जापान पुगेका नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको मृत्यु भएको हो ।

युवकको मृत्यु शंकास्पद रहेको छात्रावासमा बसेका विद्यार्थीहरुले बताएका छन् । यसबारे जापान प्रहरीले केही बताएको छैन ।

गत मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गइरहेका युवक बिरामी भएको जानकारी गराइएको थियो ।

आवश्यक अनुसन्धानका लागि युवकको शव प्रहरीले अस्पतालमा राखेको छ । परिवारले शव नेपालमै अन्तिम संस्कारका लागि मागेको बताइएको छ ।

टिप्पणीहरू