जिरीमा स्कुटर दुर्घटना, चालकको अवस्था गम्भीर

जिरीमा स्कुटर दुर्घटना, चालकको अवस्था गम्भीर

जिरीमा स्कुटर दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छन् । जिरी नगरपालिका ६ स्थित चेप्टेमा भएको स्कुटर दुर्घटनामा स्थानीय ३५ वर्षीया मिठी माया जिरेलको अवस्था गम्भीर देखिएको हो ।

जिरेल आज अपरान्ह जिरी नगरपालिकाबाट चेप्टे जाने क्रममा स्कुटर सडकबाट करिब दुई सय मिटर तल खसेको हो ।

टाउकोमा गहिरो चोट लागेका जिरेललाई उद्धार गरी उपचारका लागि जिरी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू