एकैदिन २ सय बढी व्यापारिक बोर्ड हटाइयो

एकैदिन २ सय बढी व्यापारिक बोर्ड हटाइयो

काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत र अनुमति नलिइ राखिएका दुई सय बढी व्यापारिक बोर्ड (परिचय पाटी) हटाएको छ ।  अभियानको पहिलो दिन महानगरले दुई सय ७५ वटा अनधिकृत परिचय पाटी हटाएको बताएको छ ।

महानगर प्रहरी बलका नगरप्रहरी निरीक्षक लीलाराज गाछाकाअनुसार गौशालाबाट मात्रै ९४ वटा त्यस्ता बोर्ड हटाइएको छ । त्यस्तै कालीमाटीबाट ५३, महाराजगञ्ज चोकबाट ८० र रामशाह पथबाट ४८ वटा बोर्ड निकालिएको छ । 

महानगरले ३० फुटभन्दा बढी आकारका सम्पूर्ण बोर्ड हटाएको हो । १५ जना जनशक्तिले उक्त कार्य गरेको महानगरको भनाइ छ ।

टिप्पणीहरू