बसले ठक्कर दिएका दम्पतीको अस्पतालमा मृत्यु

बसले ठक्कर दिएका दम्पतीको अस्पतालमा मृत्यु

झापाको दुर्गापुरमा आज दिउँसो भएको सवारी दुर्घटनामा दम्पतीको निधन भएको छ । गुडिरहेको मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको मृत्यु भएको हो ।

अर्जुनधारा ६ का ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी ५० वर्षीया श्रीमती सीतादेवी मैनालीको निधन भएको छ । गम्भीर घाइते भएका दुबै जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कन्काई नगरपालिका ७ दुर्गापुरमा पूर्वतर्फ जाँदै गरेको मे.७ प ५०९२ नम्बरको मोटरसाइकललाई पश्चिमतर्फ आउँदै गरेको को. १ ख ६७९४ नम्बरको बसले ठक्कर दिएको बताइन्छ । 

ठक्कर दिएको बस र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको झापा प्रहरीले जनाएको छ ।

टिप्पणीहरू