प्रधानमन्त्रीको सुरक्षामा खटिएका वरिष्ठ सई विमानस्थलमै बिते

प्रधानमन्त्रीको सुरक्षामा खटिएका वरिष्ठ सई विमानस्थलमै बिते

बाँकेको नेपालगञ्जस्थित विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षार्थ ड्युटीमा खटिएका वरिष्ठ सई प्रेमसिंह भण्डारीको हृदयाघातबाट मृत्यु भएको छ । विमानस्थल सुरक्षा प्रमुखका रुपमा कार्यरत भण्डारी बेहोस भएर ढलेपछी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरिदिएका हुन् ।

आज दिउँसो चुनावी प्रचारको क्रममा प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिउँसो विमानस्थलमा पुग्नुभएको थियो । सोही बेला उनी विमानस्थल बाहिरको चौरमा बेहोस भएर ढलेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू