क्वालालम्पुरमा नेपाली दूतावासको घुम्ती सेवा

क्वालालम्पुरमा नेपाली दूतावासको घुम्ती सेवा

मलेसियास्थित नेपाली दूतावासले त्यहाँका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । 

नेपाली श्रमिक कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदुत डिल्लीराज पौडेलले जानकारी दिएका छन् ।

क्वालालम्पुरबाट करिब चार घण्टाको सडक यात्राको दूरीमा रहेको जोहरवारुमा राजदुत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरेका हुन् । गैरआवासीय नेपाली संघलगायत नेपाली संघ संस्थासँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको बताइएको छ ।

हिजोको कार्यक्रममा २ सय ८० जना श्रमिकले राहदानी सेवा लिएका छन् । घुम्ती सेवामा राहदानीलगायत दूतावासबाट प्रवाह गरिने विभिन्न सेवा प्रदान गरिएको दूतावासको भनाइ छ ।

विशेषगरी सुरक्षागार्ड र सरसफाइ सम्बन्धी श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम सम्झौता २०१८ र मलेसियाको श्रम कानुनअनुसार व्यवस्थित गर्न लागिएको राजदुत पौडेलले बताए ।

टिप्पणीहरू