ग्राहकको भाग्य बदल्ने इन्डेक्स एक्सचेन्जको ‘चौथो संस्करण’

ग्राहकको भाग्य बदल्ने इन्डेक्स एक्सचेन्जको ‘चौथो संस्करण’

यूएईस्थित इन्डेक्स एक्सचेन्जले ग्राहकको भाग्य बदल्ने योजनासहित शान ए रमदानको ‘चौथो संस्करण’ ल्याएको छ । ‘यस बार, बुल्डोजरको वार’ नारासहित यो वर्ष रमदानको अवसरमा कम्पनीले आफ्ना ग्राहकको भाग्य बदल्ने योजना ल्याएको हो ।

कम्पनीले ‘भत्काउनुहोस् आफ्नो दुःखको पर्खाल, अनि बनाउनुस् जीवनको बाटो सरल’ नारा दिएर मध्यपूर्वको प्रमुख शहर यूएईबाट यो अभियान शुरु गरेको छ । यूएईमा छुट्टै पहिचान बनाउन सफल इन्डेक्स एक्सचेन्जले अन्य कम्पनीको तुलनामा निकै फरक उपहार योजना ल्याएको हो ।

जसअनुसार आउँदो मार्च २९ तारिखसम्म मान्य रहने ‘शान ए रमदान सिजन ४’ मा एक्सचेन्जका यूएई भरिका आफ्ना जुनसुकै शाखाबाट नेपालसहित विभिन्न् देशमा पैसा पठाउँदा हरेक १० दिनमा एसयुभी गाडी, सुन, नगद र आफ्नो देशमा घर जित्न सक्ने कम्पनीको भनाइ छ ।

दुःख, बाधा र समस्यासँग धैर्य, साहस र शक्तिसहित बुल्डोजरले पर्खाल भत्काउनुपर्छ भन्ने सन्देशसहित कम्पनीले बुल्डोजरलाई प्रस्तुत गरेको छ। बुल्डोजरलाई हिम्मत, साहस, आँट, भरोसा र शक्तिको प्रतीकका रुपमा लिने गरिन्छ । परदेशी श्रमिकको हिम्मत, साहस र शक्तिको कदर गर्दै उनीहरूकै लागि यो अभियान थालिएको एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत सैयेद अब्दुस सलामले बताए ।

आफ्नो घर परिवारबाट टाढा रहेर दुःख गरी परिवारको लागि आयश्रोत बन्दै साथमा देशको अर्थतन्त्रलाई  पनि टेवा पुर्याउन यो योजना ल्याएको जनाउँदै उनले यसमा सहभागी भइ हरेक १० दिनमा हुने लक्की ड्रबाट आफ्नो जीवन बदल्न आह्वान गरेका छन् ।

इन्डेक्स एक्सचेन्जले हरेक वर्ष विभिन्न कार्यक्रम सहित ग्राहक बर्गमा नयाँनयाँ योजनाहरू ल्याउने गरेको जसमा धेरै नेपालीले उपहार जितेको एक्सचेन्जका प्रमुख व्यापार प्रबन्धक मिर के रसूलले बताए । पछिल्लो पटक एकजना नेपालीले नेपालमा घर जितेको र अन्यले लाखौँ रुपैयाँ जितिसकेको रसूलले जानकारी दिए।

एक्सचेन्जले यूएईमा वित्तीय साक्षरता कार्यक्रम पनि गर्दै आएको छ । केही समयअघि मात्रै ‘अब कि बार, हुण्डी पे वार’ नारासहित यूएईको सबै इमिरेट्समा कम्पनीले गैरकानूनी विप्रेषणविरुद्ध घरदैलो कार्यक्रम चलाएको थियो । त्यसपछि नेपालीलाई लक्षित गरी ‘विन अ मिलियन’को तेस्रो संस्करण समेत ल्याइएको थियो ।

जसमा दश लाख नगदसहित केही नेपालीले घर जाने हवाई टिकट जितेको इन्डेक्स एक्सचेन्जका नेपाल प्रतिनिधि नवीन पौडेलले बताए । देश छाडेर परदेशमा संघर्ष गर्दा श्रमिकले कमाएको धन सुरक्षित रुपमा पठाउने काममा साथ दिन यो अभियान ल्याएको कम्पनीको दाबी छ ।

टिप्पणीहरू