आइतबार र सोमबार बिदा दिन निजी क्षेत्रलाई सरकारको निर्देशन

आइतबार र सोमबार बिदा दिन निजी क्षेत्रलाई सरकारको निर्देशन

गृह मन्त्रालयले सम्पूर्ण निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयमा आगामी आइतबार र सोमबार सार्वजनिक बिदा दिन निर्देशन दिएको छ ।  प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्नका लागि गृहले निजी क्षेत्रलार्य पनि मंसिर ४ र ५ गते बिदा दिन निर्देशन दिएको हो । 

गृहले आज नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, वायुसेवा सञ्चालक संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र निजी क्षेत्रका सम्पूर्ण छाता संगठनलाई पत्राचार गर्दै सार्वजनिक बिदा दिन भनेको छ । 

गृह मन्त्रालयको पत्रमा भनिएको छ, ‘मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा बिदा दिने नेपाल सरकारबाट निर्णय भएको हुँदा निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरुमा समेत मिति २०७९ मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने व्यवस्था हुन आदेशानुसार अनुरोध छ ।’

टिप्पणीहरू