चुनाव बिथोल्न खोजेमा गोली हान्न छुट

चुनाव बिथोल्न खोजेमा गोली हान्न छुट

आजको निर्वाचनमा कसैले मतदान बिथोल्न खोजे सोझै गोली हान्न सकिनेगरी आदेश गएको छ । गृहमन्त्रालयको सहमतिमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले भनेका छन्, ‘चार वटा कारण देखिएमा आदेश पर्खन पर्दैन,सोझै गोली हाने हुन्छ ।’

निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि सांघातिक आक्रमण भएमा प्रहरी तथा सुरक्षाकर्मीले त्यस्ता आक्रमणकारीमाथि ठाउँको ठाउँ प्रहार गर्न सक्नेछन्  । निर्वाचन वा मतदान अधिकृतमाथि आक्रमण भएमा पनि सुरक्षाकर्मीले गोली प्रहारको निम्ति आदेश पर्खन पर्ने छैन ।

अन्य अवस्थाहरुमध्ये मतपत्र वा मतपेटिका च्यात्ने, फुटाउने वा नष्ट गर्ने परिस्थिति उत्पन्न भएमा र मधेश प्रदेशमा पेशेवर अपराधीको प्रयोग गरेर निर्वाचन बिथोल्ने गतिविधि गरेमा पनि आज सुरक्षाकर्मीले त्यस्ता व्यक्तिमाथि गोली प्रहार गर्नेछन् ।

टिप्पणीहरू