बझाङमा लात हानेर मतपेटिका फुटाइयो

बझाङमा लात हानेर मतपेटिका फुटाइयो

बझाङमा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिले लात हानेर मतपेटिका फुटाएका छन् ।   फुटेको मतपेटिकाभित्रको मतपत्र अर्को मतपेटिकामा राखेर मुचुल्का तयार पारेपछि दुवै पक्षबीच सहमति जुटेको बताइएको छ । 

स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र नेकपा माओवादी केन्द्रका उम्मेदवारका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको मतदान अहिले सुचारु भएको छ । 

बझाङको केदास्यु गाउँपालिका वडा नम्बर १ बेताल माध्यमिक विद्यालय, रातापानीमा बिहान साढे ९ बजेदेखि रोकिएको मतदान केही बेरअघि शुरु भएको हो । 

स्वतन्त्रका एजेण्ट कमल भण्डारी र माओवादी उम्मेदवारका एजेण्ट कुमार भण्डारीबीच विवाद उत्पन्न भएपछि मतपेटिकालाई लात हानेर फुटाइएको थियो ।

टिप्पणीहरू