सिटौलालाई फेरि पछि पारे झापा ३ मा राजेन्द्र लिङ्देनले

सिटौलालाई फेरि पछि पारे झापा ३ मा राजेन्द्र लिङ्देनले

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष तथा उम्मेदवार राजेन्द्र लिङ्देनले प्रारम्भिक अग्रता लिएका छन् । उनले काँग्रेसका कृष्णप्रसाद सिटौलालाई पछाडि पारेको देखिएको छ । 

हालसम्म गणना गरिएको १५ सय मतमध्ये हलो चिन्हमा ७४२ र रुखमा ५९५ मत परेको छ । सो क्षेत्रमा लिङ्देन एमालेको समर्थनमा र सिटौला सत्ता गठबन्धनको समर्थनमा उठेका हुन् । 

अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट उठेका ती उम्मेदवारमध्ये राजेन्द्र विजयी भएका थिए ।

टिप्पणीहरू