कांग्रेस बैठक बिहानै बस्ने

कांग्रेस बैठक बिहानै बस्ने

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहानै बस्ने भएको छ । 

यसअघि दिउँसो २ बजे बस्ने तय भएको बैठक बिहान ९ बजेका लागि सारिएको हो । बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निजि निवासमा बैठक बस्ने कार्यवाहक मुख्यसचिव डा.प्रदीप पराजुलीले बताए । 

‘नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८१ असोज १३ गते आइतबार दिनको २ः०० बजे सभापति श्री शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा बस्ने भनिएकोमा उक्त बैठक २०८१ असोज १३ गते बिहान ९ बजे बस्ने भएको छ’,आज जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू