१२ वडाको मतगणनामा माधव नेपाल ७ सय मतले अगाडि

१२ वडाको मतगणनामा माधव नेपाल ७  सय मतले अगाडि

रौतहटको निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार माधवकुमार नेपालले सात सय मतले अग्रता लिनुभएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा सो क्षेत्रका उम्मेदवारले हालसम्म ८ हजार १९६ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी एमालेका अजयकुमार गुप्ताको सूर्य चिन्हमा ७ हजार ४९६ मत परेको छ ।  हालसम्म गौर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र यमुनामाई गाउँपालिकाको वडा नम्बर १ र २ तथा माधवनारायण नगरापालिकाको वडा नम्बर ८ र ९ को मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू