नयाँ चिनियाँ राजदूतमा छन सोङ आउँदै

नयाँ चिनियाँ राजदूतमा छन सोङ आउँदै

नेपालका लागि नयाँ चिनियाँ राजदूतमा छन सोङ नियुक्त हुनुहुने भएको छ । उहाँ चिनियाँ विदेश मन्त्रालयको एसियाली विभागका प्रबन्ध निर्देशक हुनुहुन्छ ।  राजदूत हौ यान्छी कार्यकाल सकाएर स्वदेश फर्केपछि काठमाडौंस्थित चिनियाँ राजदूतावासको जिम्मेवारी डेपुटी चिफ अफ मिसन वाङ्ग सिनले सम्हाल्दै आउनुभएको छ । 

राजदूत हौलाई चीन सरकारले इण्डोनेसियाको राजधानी जकार्तास्थित दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन आसियानको मुख्यालयमा नियुक्त गरिसकेको छ ।

टिप्पणीहरू