कपिलवस्तु-१ मा समानुपातिकतर्फ सूर्य पहिलो,कलम तेस्रो

कपिलवस्तु-१ मा समानुपातिकतर्फ सूर्य पहिलो,कलम तेस्रो

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा समानुपातिकतर्फ नेकपा एमाले शीर्षस्थानमा रहेको छ । प्राप्त ताजा विवरणअनुसार नेकपा एमालेले ६ हजार ८९३ मत पाएको छ । त्यस्तै, नेपाली कांग्रेसले ६ हजार ५४ मत प्राप्त गरेको छ । 

नेकपा एकीकृत समाजवादी पार्टी तेस्रो स्थानमा रहेको छ । कलम चुनाव भएको समाजवादीले चार हजार ७०९ मत पाएको छ । समाजवादीपछि जनमत पार्टी देखिएको छ । लाउड स्पिकरले २ हजार ४५१ मत ल्याएको छ । 

नेकपा माओवादी केन्द्रले ९८९, जनता समाजवादी पार्टी (जसपा) ले ६३६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३७८, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ४५, राष्ट्रिय जनमोर्चा पार्टीले ४१ मत पाएको छ ।

 त्यस्तै, प्रदेश सभा समानुपातिकतर्फ पनि एमालेले नै अग्रता लिएको छ । पाँच हजार ७० मतसहित एमाले पहिलो स्थानमा रहेको छ । कांग्रेसले चार हजार ७४ मत प्राप्त गर्दा समाजवादीले दुई हजार ९६३ मत ल्याएको छ । जनमत पार्टी एक हजार ४५८ मतसहित चौथो स्थानमा रहेको छ ।

टिप्पणीहरू