अपशब्द प्रयोग गर्नेमाथि कारबाहीको माग

अपशब्द प्रयोग गर्नेमाथि कारबाहीको माग

राजधानीको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा एक जनाले मधेशी समुदायमाथि अपशब्द प्रयोग गरेको भन्दै मधेशी आयोगले आपत्ति जनाएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध लगाइएको नाराबाजीमा मधेशी समुदायमाथि अपशब्दको प्रयोग गरिएको आयोगको ठहर छ । 

आयोगले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै मधेशी समुदायलाई धोती, मधेशी, भिखारी भनेर सम्बोधन गर्नेमाथि कडा कारबाहीको माग गरेको हो । ‘सम्पूर्ण मधेशी समुदायलाई धोती, मधेशी, भिखारीजस्ता अपमानजनक शब्द प्रयोग गरी सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने कार्य गरेको हुनाले निजलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्नका लागि आदेशानुसार अनुरोध छ’, पत्रमा उल्लेख छ ।

टिप्पणीहरू