जुम्लाको स्याउ कुहिएर पाखामा,इण्डियाको स्याउ झलझल्ती नेपालीको आँखामा

जुम्लाको स्याउ कुहिएर पाखामा,इण्डियाको स्याउ झलझल्ती नेपालीको आँखामा

अहिले बजार अभावले किसानहरु  जुम्लाको स्याउ कुहिएर फाल्न विवश छन् । रुखैपिच्छे लटरम्म स्याउ फले पनि  बजार भाउ नपाउँदा पाखामा लगेर फाल्न बाध्य भएको जुम्लाका किसान बिकास शाही बताउँछन् ।

स्याउ खेतिमा लगानी पनि बढिरहेको छ । बजार सुनिश्चितता नभएसम्म जुम्ली स्याउले मूल्य नपाउने तिनको भनाइ छ ।

जुम्ली स्याउको चर्चा धेरै भएपनि बजार निकै कम छ । जसका कारण किसानले स्याउको राम्रो मूल्य पाइरहेका छैनन् । बिचौलियाले बजारमा लैजाँदा स्याउको पहिचान खस्कने संभावना बढ्दो रहेको स्थानीय कृष्ण शाही बताउँछन् ।
 

टिप्पणीहरू