घण्टीका पौडेलद्वारा एमालेका पौडेलविरुद्ध सर्वोच्चमा मुध्दा दायर
नेकपा एमालेका नेता विष्णु पौडेलविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।
निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले मुद्दा हालेका हुन् ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उठेका पौडेललाई धाँधली गरेर जिताइएको उनको आरोप छ ।
आफूलाई मतगणनास्थलमा जानसमेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको उनको दाबी छ ।
रास्वपाका पौडेलले हिजो मुद्दा हालेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए । एमालेका पौडेल २७ हजार १६५ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै, उनका प्रतिस्पर्धी रास्वपाका पौडेलले २५ हजार ७९५ मत प्राप्त गरेका थिए ।
टिप्पणीहरू