रुसमा क्रिसमस भोलि,रुसी युध्दविराम प्रस्ताव युक्रेनद्वारा अस्वीकृत

रुसमा क्रिसमस भोलि,रुसी युध्दविराम प्रस्ताव युक्रेनद्वारा अस्वीकृत

क्रिश्चियन धर्मावलम्बीहरुले डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउने गर्छन् । सोही दिन अधिकांश क्रिश्चियन समुदायलाई सार्वजनिक बिदा दिने गरिएको छ । तर रुसी क्रिश्चियनहरुले भने भोलि बल्ल क्रिसमस मनाउँदै छन् ।

पहिले विश्वका सबै क्रिश्चियनले डिसेम्बर २५ का दिन क्रिसमस मनाए पनि चार सय वर्ष अघिदेखि केहीले जनवरी ७ मा मनाउन थालेका हुन् । यसरी भोलि यो पर्व मनाउनेको संख्या विश्वका क्रिश्चियन धर्मावलम्बीमध्ये १२ प्रतिशत छ ।

अर्थोडक्स क्रिश्चियनहरुले क्याथोलिकको भन्दा १२ दिन पछाडि क्रिसमस मनाउने गर्छन् । भोलि विश्वका २६ करोड  क्रिश्चियनले अर्थोडक्स क्रिसमस मनाउन लागेका हुन् । ती अधिकांश रुस,पूर्वी युरोप,ग्रिसका साथै इथोपिया,इजिप्टलगायतका मुलुकमा  बस्ने गर्दछन् ।

यता,भोलिको क्रिसमसमा रुसले ४८ घण्टे युध्दविरामको निम्ति गरेको आग्रहलाई युक्रेनले अस्वीकार गरेको छ । युध्दविरामको नाममा रुसको आफ्नो सैनिक शक्ति सञ्चय गर्ने उद्देश्य लुकेको युक्रेनको आरोप छ । उसले भनेको छ, ‘गत डिसेम्बर २५ को मौका पारेर युक्रेनमाथि निरन्तर प्रहार गरियो । चाडपर्वको माहौलमा उसले आक्रमणलाई जारी राख्यो । अहिले आफ्नो पर्वमा छुट्टै रणनीति बनाउँदैछ ।’

युक्रेनमा क्रिसमस डिसेम्बर २५ तारिखका दिन मनाइसकिएको छ ।

टिप्पणीहरू