इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा आज बिहान ठूलो भूकम्पन गएको छ । तानिम्बर क्षेत्रमा ७.७ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ ।

भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटरको गहिराइमा गएको हो । भूकम्पले पुर्याएको जनधनको क्षतिको विवरण सार्वजनिक भएको छैन । स्थानीय अधिकारीले भूकम्प लगत्तै सुनामीको सम्भावना रहेको चेतावनी दिए पनि तीन घण्टापछि उक्त सम्भावना नरहेको बताएका छन् ।

पूर्वी इन्डोनेसियामा गएको भूकम्पको धक्का उत्तरी अष्ट्रेलिया र वरिपरिका साना टापु मुलुकमा समेत महशुस गरिएको प्राप्त समाचारमा जनाइएको छ । 
प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको छ ।

टिप्पणीहरू