कतारका राजदूत पनि सिंहदरबारमा

कतारका राजदूत पनि सिंहदरबारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न नेपालका लागि कतारका राजदूत आज सिंहदरबार पुग्नुभएकाे छ। राजदुत युसुफ बिन मोहम्मद अल हेलले प्रधानमन्त्री दाहालसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो भेटघाट गर्नुभएको बताइएको छ ।

प्रधानमन्त्री र राजदूत युसुफ बिन मोहम्मदबीच दिउँसो सवा २ बजेदेखि पौने ३ बजेसम्म भेट भएको हो । आजै चीन र इजरायलका राजदूतले सिंहदरबारस्थित परराष्ट्रमन्त्री डा. विमला राई (पौडेल) सँग शिष्टाचार भेट गर्नुभएको थियो ।

 

टिप्पणीहरू