सिंहदरबारमा चार कम्युनिष्ट नेताबीच तीन घण्टा वार्ता

सिंहदरबारमा चार कम्युनिष्ट नेताबीच तीन घण्टा वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच आज भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी हुनुभएको बताइएको छ ।

मध्यान्ह १२ बजेको समयमा अध्यक्ष नेपाल, केसी र खनाल प्रधानमन्त्री कार्यालय पुग्नुभएको हो । उहाँहरुबीच झण्डै तीन घण्टा कुराकानी भएको छ ।

भेटमा मूलतः आगामी राष्ट्रपति निर्वाचन, सर्वसम्मत र राष्ट्रिय सहमतिको उम्मेदवारबारे चर्चा भएको स्रोतको दाबी छ ।

टिप्पणीहरू