रास्वपा अरु मन्त्रालयमा चित्त बुझाएर सरकारमा नजाने

रास्वपा अरु मन्त्रालयमा चित्त बुझाएर सरकारमा नजाने

गृह मन्त्रालय नपाएर सरकार छोडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो पूर्ववत अडानमा कायम रहेको छ । हिजो बसेको सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गृह मन्त्रालय नपाए सरकारमा नजानेनिर्णय गरेको हो । 

यसअघि रास्वपा सात दलीय गठबन्धनको महत्वपूर्ण हिस्सा बनेर सभापति रवि लामिछानेको नेतृत्वमा गृहसहित ३ मन्त्रालय लिएर सरकारमा गएको थियो । तर, नागरिकतासम्बन्धी मुद्धामा सर्वोच्च अदालतको फैसलाले लामिछानेको सांसद र मन्त्री पद खारेज भएपछि पुन: सोही जिम्मेवारीमा दोहोरिने उनको प्रयास सफल नहुँदा सरकारलाई दिएको समर्थन कायम राख्दै रास्वपाले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो ।

दोहोरो राहदानी लिएको आरोप खेपिरहेका सभापति लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेपछि रास्वपा सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो । पछिल्लो बैठकमा पनि उक्त अडान यथावत राख्दै रास्वपाले शर्तसहित सरकारमा जाने औपचारिक निर्णय गरेको बताइएको छ ।

टिप्पणीहरू