चितवनको उपचुनावका लागि दल दर्ता आह्वान

चितवनको उपचुनावका लागि दल दर्ता आह्वान

चितवन-२ को उपनिर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ ।

फागुन ५ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम दल दर्ता गर्न आह्वान गरिएको हो । 

आँउदो फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ता गर्ने समयावधि तोकिएको आयोगले जानकारी दिएको छ । राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा आयोगको केन्द्रीय कार्यालय, काठमाडौंमा दल दर्ता गर्नुपर्ने जनाइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भएपछि चितवन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यविहीन छ । 

सर्वोच्च अदालतले लामिछानेलाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भनि गत माघ १३ गते आदेश दिएसंगै पदरिक्त भएको चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन तोकिएको छ ।
 

टिप्पणीहरू