एमाले अध्यक्ष बालुवाटार पुग्नुभयो, चिनियाँ राजदूतसँग बिहानै प्रधानमन्त्रीको भेट

एमाले अध्यक्ष बालुवाटार पुग्नुभयो, चिनियाँ राजदूतसँग बिहानै प्रधानमन्त्रीको भेट

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री र अध्यक्ष ओलीबीच अहिले भेटवार्ता भइरहेको जनाइएको छ । 

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलका प्रमुख नेताहरुबीच भेटवार्ता र कुराकानीले तीव्र गति लिएको छ । पछिल्लो समय रातको समयमा काँग्रेस नेताहरु र बिहान तथा उज्यालोको समयमा एमाले अध्यक्षले प्रधानमन्त्री दाहालसँग नियमित कुराकानी गर्दै आउनुभएको छ । 

यसबीचमा एमाले अध्यक्षले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहमतीय राष्ट्रपतिको उम्मेदवारमा प्रस्ताव गरेपछि मुलुकको आन्तरिक राजनीति र राष्ट्रपतीय निर्वाचनमा नयाँ तरंग आएको छ । 

आजै बिहान नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेको बताइन्छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र राजदूत सोङबीच झण्डै आधा घण्टा कुराकानी भएको हो । अध्यक्ष ओली र चिनियाँ राजदूतले आज बालुवाटारमा एकाध घण्टाको अन्तरालमा प्रधानमन्त्रीसँग गरेको कुराकानीलाई राजनीतिक वृत्तमा अर्थपूर्ण ठानिएको छ ।

टिप्पणीहरू