समलिङ्गी विवाह विधेयक कोरियाको संसदमा अलपत्र

समलिङ्गी विवाह विधेयक कोरियाको संसदमा अलपत्र

समलिङ्गी विवाहलाई मान्यता दिन गणतन्त्र कोरियामा बनाइकोे समानता विधेयक एकाएक रोकिएको छ । लंैङ्गिक अल्पसंख्यकमाथि हुने गरेको भेदभाव रोक्न भन्दै ल्याइएको उक्त विधेयक त्यहाँको राष्ट्रिय सभामा रोकिएको हो ।

त्यहाँको एक अदालतले समलिङ्गी जोडीलाई पतिपत्नीको रुपमा बस्न मिल्ने आदेश दिँदै सोबमोजिमको कानुन तर्जुमा गर्न आदेश दिएको थियो । यद्यपि, राष्ट्रिय सभाको कारण उक्त आदेश कार्यान्वयनमा जान सकेको छैन ।

कोरियामा यौन अल्पसंख्यकहरुको बढ्दो सामाजिक स्वीकृतिको बाबजुद त्यहाँ भेदभाव भइरहेको उनीहरुको आरोप छ । इसाई धर्मका रुढीवादी सोच भएकाहरुले विधेयकको विरोध गरेको विधायकहरुको भनाइ छ । साथै, उनीहरुले यसअघिका ‘ट्रान्सजेन्डर क्यारेक्टर’ का पुस्तक हटाउन पनि विद्यालय प्रशासनलाई राजी गराएका छन् । 

यता, विधेयक पारित हुन नसकेपछि समर्थकहरु भने रुष्ट देखिएका छन् । पछिल्लो समय धेरै मुलुकले समलिङ्गी विवाहलाई वैधानिकता दिएका छन् । धेरै एसियाली मुलुकहरुमा समेत यसले मान्यता पाएको छ । 

थाइल्याण्डले सन् २०१५ मा समलिंगी अधिकारलाई संरक्षण गर्ने निर्णय गरेको थियो । ताइवानमा यौन अल्पसंख्यकविरुद्धको भेदभावलाई १५ वर्षदेखि अवैध मानिँदै आएको छ ।

टिप्पणीहरू