काँग्रेसको बैठक भोलि बिहान, एमालेको पर्सि

काँग्रेसको बैठक भोलि बिहान, एमालेको पर्सि

राष्ट्रपति निर्वाचनमा उठाइने उम्मेदवार निर्क्यौल गर्न भन्दै भेटघाट र छलफलमा व्यस्त मुख्य राजनीतिक दलहरुले बैठक बोलाउन थालेका छन् । फागुन २५ गते हुने निर्वाचनको निम्ति शनिबार मनोनयन गर्ने चुनावी कार्यतालिका छ । 

सोही कार्यतालिकालाई लक्षित गर्दै नेपाली काँग्रेसले भोलि संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस संसदीय दलको बैठक भोलि बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा राखिएको छ ।

यसैबीच एमालेले पनि सचिवालय बैठक बोलाएको छ । बैठक पर्सि शनिबार डाकिएको जानकारी दिइएको छ ।
 

टिप्पणीहरू