एयरपोर्ट सुधारको उपाय खोज्न मन्त्रीसहितको टोली भिआइपी कक्षमा
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारको प्रयासमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सरोकारवाला निकायका प्रतिनिधिहरुलाई सँगै राखेर छलफल गरेका छन् ।
विमानस्थलमा उत्पन्न समस्याको पहिचान गर्ने त्यसको समाधानका उपाय खोज्नेबारे मन्त्री किराँतीको निर्देशनमा नागरिक उड्डयान प्राधिकरणले छलफल आयोजना गरेको हो । विमानस्थलको भिआईपी कक्ष, बैठक हलमा आज बिहान भएको उक्त छलफलमा मन्त्री किराँती, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पदाधिकारी र सुरक्षा निकायका अधिकारीहरु सहभागी छन् ।
प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी, विमानस्थलका कार्यवाहक महाप्रबन्धक टेकनाथ सिटौलालगायत सरोकारवाला निकायका तीन दर्जन छलफलमा उपस्थित रहेको विमानस्थल स्रोतले बताएको छ ।
टिप्पणीहरू