झापाली शहीदलाई एमालेले ललितपुरमा सम्झिँदै

झापाली शहीदलाई एमालेले ललितपुरमा सम्झिँदै

नेकपा एमालेले ५०औँ सुखानी शहीद स्मृति दिवस मनाउने भएको छ । यससम्बन्धी कार्यक्रम आज दिउँसो पार्टी मुख्यालय,च्यासल ललितपुरमा हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा २०२९ फागुन २१ गते झापाको सुखानीमा मारिएका शहीदहरुको सम्झनामा कार्यक्रम गर्न लागिएको हो । 

इलाम जेल सार्ने निहुँमा नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण परिघटना मानिने झापा विद्रोहका कमाण्डर नारायण श्रेष्ठ,रामनाथ दाहाल,विरेन राजवंशीसहित अन्य दुई शहीद कृष्ण कुइँकेल र नेत्र घिमिरेलाई सुखानीमा गोली हानेर मारिएको थियो । सोही योगदानलाई विशेष रुपमा स्मरण गरिन्छ ।

 

टिप्पणीहरू