ठूला सहकारीले जनता सताएसङ्गै पाँचतारे होटलमा सल्लाह

ठूला सहकारीले जनता सताएसङ्गै पाँचतारे होटलमा सल्लाह

मुलुकको आर्थिक अवस्था कमजोर हुँदै गएको,बैंक तथा वित्तीय संस्थाहरुमा नगद तरलताको अभाव देखिएको र सहकारी संस्थाहरुमा सुुशासन कायम हुन नसक्दा धेरै वटा समस्या आएको सन्दर्भमा आज सहकारी संघले तालिम कार्यक्रमको आयोजना गरेको छ । होटल सोल्टीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले सहकारी संस्थाका कार्यकारी अधिकृतहरुको निम्ति कार्यशाला गोष्ठी सञ्चालन गरेको हो । 

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा आयोजित गोष्ठीमा योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ,गभर्नर महाप्रसाद अधिकारीलगायतलाई अतिथि बनाइएको छ । पछिल्ला दिनमा सहकारी संस्थाका कारण सर्वसाधारणको बचत रकम जोखिममा परेको र कतिपय सहकारी संस्थाका पदाधिकारीहरु फरार भएका घटनाले सहकारी आन्दोलनमाथि नै प्रश्न चिन्ह उठेको छ । 

यसअघि ठूला भनिएका सिभिल कोअपरेटिभ तथा गौतम सहकारीका अध्यक्षलगायत पदाधिकारीहरुको कारण सर्वसाधारणको अरबौं रुपैयाँ डुबेको छ । यसबीचमा कतिपय संस्थाको वित्तीय अवस्थासमेत खराब हुँदै गएकाले त्यसबारे समेत गोष्ठीमा छलफल हुने बताइएको छ ।

टिप्पणीहरू