स्मार्टच्वाईस र हिमालयनबीच क्यूआर भुक्तानीको सम्झौता

स्मार्टच्वाईस र हिमालयनबीच क्यूआर भुक्तानीको सम्झौता

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र हिमालयन बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि आपसी समझदारी भएको छ । 

मोबाइल बैंकिङ एप एचआई–एमबी प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटललगायत स्मार्ट क्यूआरमा आबद्ध भएका मर्चेन्टमार्फत वस्तु तथा सेवाको भुक्तानीका लागि उनीहरुले सम्झौता गरेका हुन् । समझदारीअनुसार हिमालयन बैंकका मर्चेन्टले पनि स्मार्ट क्यूआरमा आबद्ध भएका बैंक तथा वित्तिय संस्थाका ग्राहकमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्शियल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फछ्यौट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने विश्वास गरिन्छ । विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइ बनेको बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सम्झौतापश्चात् उक्त बैंकका ग्राहकले एससीटी युपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् । एससीटी युपीआइ सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने जनाइएको छ ।

टिप्पणीहरू